FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

आयोजना फरफारकको लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु निम्न लिखित छन् ।

१) उपभोक्ता समितिको बैठकको निर्णय ।
२) सार्वजनिक परीक्षण प्रतिवेदन ।
३) अनुगमन समितिको सिफारिस ।
४) वडा कार्यालयको सिफारिस ।
५) पूर्वाधार निर्माणको सम्बन्धमा ( प्राविधिक मुल्याङ्कन / फोटो / बिल भर्पाई / १,००,००० |- भन्दा माथिको खरिदको लागि कोटेशन ) ।
६) कार्यक्रम संचालन सम्बन्धमा (प्रतिवेदन / फोटो / बिल भर्पाई / १,००,००० |- भन्दा माथिको खरिदको लागि कोटेशन ) ।

आयोजना सम्झौताको लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु निम्न लिखित छन् ।

१) चालु आ.व. मा योजना तथा कार्यक्रमको लागि बजेट स्वीकृत भएको हुनु पर्ने ।
२) उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि पेश गर्नु पर्ने ।
३) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
४) उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ।
५) पूर्वाधार निर्माण सम्बन्धमा ( प्राविधिकबाट आयोजनाको लागत अनुमान विवरण ) ।
६) कार्यक्रम संचालन सम्बन्धमा (प्रस्तावना (प्रपोजल) तयार गरी पेश गर्ने र नगरपालिकाबाट स्वीकृत हुनु पर्ने ) ।
७) उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय ।
८) खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजातहरु ।

संस्था नविकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा नविकरण सिफारिसका लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु निम्न लिखित छन् ।

१) निवदेन
२) वडा कार्यालयको सिफारिस पत्र (केन्द्रिय कार्यालय रहने वडाको)
३) कर तिरेको रसिद
४) गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन
५) गत आर्थिक वर्षको लेखा परिक्षण प्रमाणपत्र
६) लेखा परिक्षण गर्नेको कर तिरेको निस्सा
७) गत वर्षको प्रगति प्रतिवेदन
८) कर चुक्ता प्रमाणपत्र
९) घरभाडाको कर तिरेको रसिद

संस्था दर्ताको लागि नयाँ दर्ता सिफारिसका लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु निम्न लिखित छन् ।

१) निवेदन पत्र
२) बिद्यान (तल माथि हरेक पानामा कार्यसमितिको सदस्यहरुको हस्ताक्षर सहित)
३) नागरिकताको फोटोकपी (कार्य समितिका सदस्यहरुको)
४) वडा कार्यालयको सिफारिस पत्र (केन्द्रिय कार्यालय रहने वडाको)
५) कर तिरेको रसिद